६ मंसिर २०८३, आइतबार

सुरक्षा परिषदको बैठक बस्दै, देशभरि खैलाबैला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । विभिन्न अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्नेछ । बैठकको एजेण्डाक बारेमा केही भनिएको छैन ।

राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।