४ कार्तिक २०८३, बुधबार

जुम्लाको चन्दननाथ नगरपालिकामा प्रभु बैंकको शाखा सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रभु बैंकले जुम्लाको चन्दननाथ नगरपालिका–६ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार बैंकले आफ्नो २१३औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको जुम्ला शाखा कार्यालयको समुद्घाटन चन्दननाथ नगरपालिकी मेयर कान्तिका सेजुवालले गरिन् ।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायीक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउ पभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

साथै स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।