
गोरखा, १० फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक बजारमा एकै परिवारका तीनजना मृतवस्थामा फेला परेका छन् ।
आज सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले हेर्दा टिलबहालुर गुरुङको परिवारका सबै सदस्य मृत भेटिएका हुन् ।
८४ वर्षीय टिलबहादुर गुरुङ, अन्दाजी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।
मृतकहरुको मुखबाट फिँज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । विस्तृत विवरण मृतकको पोष्टमार्टम रिपोर्टबाट थाहा हुने प्रहरीले बताएको छ ।
यसैबीच झापाको बिर्तामोड नगरपालिका–२ शान्तिटोलस्थित सडकमा कन्काई नगरपालिका–९ लकरीगद्दी बस्ने ५० वर्षीय लयप्रसाद राजवंशी पनि आइतबार दिउँसो मृतवस्थामा फेला परेका छन् ।
दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया