६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली सुदूरपश्चिम जाँदै, औद्योगिक क्षेत्रको शीलान्यास गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १० फागुन । प्रधानमन्त्री केपी ओली सोमबार सुदूरपश्चिम जाने भएका भएका छन् ।

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली सुदूरपश्चिम आउन लागेका हुन् ।

सोमबार बिहान काठमाडौंबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

ओलीले केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टरमार्फत कञ्चनपुर जानेछन । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् ।

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन सकेको थिएन ।