४ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरी बलको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आइतबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । महानिरीक्षक खनालले सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसै अवसरमा प्रशंसापत्र प्रदान गरेका छन् ।

त्यव अवसरमा खनालले व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामुहिक भावनाका साथ इमान्दारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरुमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने उल्लेख गरे ।