काठमाडौं, ९ फागुन । गायिका रानी शाक्य फेरि एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ लिएर प्रस्तुत भएकी छिन् ।
निडर, दृढ र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ ।
भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यको शब्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाएकी हुन् ।
धेरैवटा चलचित्र निर्देशन गरिसकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
काठमाडौं, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का, ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।
हेर्नुहोस् भिडियो–