
काठमाडौं, ९ फागुन । नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
आश्रमलाई आवश्यक पर्ने सोलार वाटर हिटर, १० ओटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको बैंकले जनाएको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग गर्दै आएको छ ।
मकवानपुरको हेटौडामा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ वटा प्रदेशका १७ वटा केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको बताएको छ ।















प्रतिक्रिया