४ कार्तिक २०८३, बुधबार

पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ९ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् ।

आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताएकी हुन् ।

‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो,’ मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढंगले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’ अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाइ छ ।

निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उनले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताइन् । ‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौँ निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ’, उनले भनिन् ।

देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उनले सिके राउतलाई ल्याइसकेको र अर्काे पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको बताइन् ।

यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गरेकी छिन् । आइतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्रे शिलन्यास गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन् ।