४ कार्तिक २०८३, बुधबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पेस भएको छ ।

आइतबार प्रदेश सभा बैठकमा नेकपाको प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरेको हो ।

प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोलाई अविश्वास प्रस्ताव पेस गर्न समय दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई साथ दिएकाले राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको आङ्बोले बताए ।

अविश्वास प्रस्ताव दर्तालगत्तै सभामुखले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे बस्ने छ ।