४ कार्तिक २०८३, बुधबार

साताको शुरुमै ८०० रुपैयाँले बढ्यो सुनको भाउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

गत शुक्रबार घटेर तोलाको ८८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २०० रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्दै आएको भए पनि आज भने बढेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।