१० कार्तिक २०८३, मंगलबार

पाल्पामा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, ९ फागुन । पाल्पामा बालुवाको ढिस्कोले पुरिएर शनिबार दुई जनाको मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।

१३ वर्षीया बालिका सारुको घटनास्थमै र सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वखोला गाउँपालिका ४ को छेबकुनस्थित बालुवा खानीमा शनिबार दिउँसो बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरू पुरिएका थिए ।