४ कार्तिक २०८३, बुधबार

भारतबाट भोलि थप १० लाख डोज खोप नेपाल आइपुग्‍दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । सरकारले भोलि आइतबार कोभिड–१९ विरुद्धको थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ ।

आइतबर एयर इन्डिया दिल्ली–काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । सोही बमोजिम उक्त परिमाणको खोप आइतबार नेपाल ल्याउन लागिएको हो ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानमा प्रयोग गरिने बताइएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । उक्त खोप ल्याएसँगै नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको हो । यसपछि नेपालले चीनबाट पनि खोप ल्याउने तयारी गरिरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति–