
काठमाडौं, ८ फागुन । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्थाको खाँचो औंल्याएका छन् ।
उनले जनतालाई दुःख दिएर गरिने कुनै प्रकारको आन्दोलनमा परिवार दलको समर्थन नरहने भन्दै सडक प्रर्दशनलाई रोक्न दलहरुलाई सुझाव दिँदै यस्तो आवश्यकता औंल्याएका हुन् ।
परिवार दल काठमाडौं–कर्णाली प्रदेश र प्रदेश २ सम्पर्क समितिद्धारा आयोजित गरेको कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ढकालले व्यवस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन नभएकाले अहिलेको अवस्था सृजना भएको भन्दै संबिधानले दिएको अधिकार प्रयोग गर्न समेत अहिलेका दलहरुले नदिएको जिकिर गरे ।
उनले अहिलेको परिर्वतनलाई संस्थागत गर्नका लागि नयाँ सोचसहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसात गर्ने समेत बताएका छन् । उनले सर्वोच्चले निर्वाचनमा जाने आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिने स्पष्ट पारेका छन् ।
ढकालले निर्वाचनमा जाँदा परिवार दलले जुनसुकै राजनीतिक दलसँग सहकार्य गर्न सकिने समेत बताएका छन् ।















प्रतिक्रिया