४ कार्तिक २०८३, बुधबार

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशको विकल्प छैन : कमल थापा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् ।

आज शनिबार झापाको गौरीगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्म परिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे ।

सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो । १४ वर्षको राजनितीक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टी भित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी छ ।