४ कार्तिक २०८३, बुधबार

पेप्सी नेपालका सीईओ अमित गुप्ता पक्राउ

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । पेप्सी नेपालका कार्यकारी प्रमुख (सीईओ) अमित गुप्ता पक्राउ परेका छन् ।

एक अर्ब रुपैयाँ राजश्व छली गरेको अभियोगमा गुप्तालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो । राजश्व अनुसन्धान विभागले उनलाई पक्राउ गरेर मुद्दा चलाएको बताइएको छ ।

नेपालका चर्चित उद्यमी राजेन्द्र खेतानको बरुण वेभरेजअन्तर्गत पेप्सी, मिरिण्डा, ड्यु, सेभेनअप, इभरभेष्ट सोडा, स्लाइसलगायत पेय पदार्थ उत्पादन तथा विक्रीवितरण गर्दै आइरहेको छ ।

गुप्तालाई काठमाडौंको पेप्सिकोलास्थित कार्यालयबाट ४ दिनअघि राजश्व अनुसन्धान विभागमा कार्यरत प्रहरीले पक्राउ गरेको बताएको छ ।