४ कार्तिक २०८३, बुधबार

जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसके : पूर्वसभामुख नेम्वाङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा आज शनिबार आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेम्वाङले अब चुनावमा जानुको विकल्प नभएको समेत बताएका छन् ।

प्रतिनिधिसभामा छलफल गर्न वा पार्टीभित्रै स्वस्थ धारणा राख्ने अवस्था नभएपछि बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु परेको उनले तकए गरेका छन् । ‘पार्टीभित्रकै साथीहरूले पार्टीका अध्यक्ष र सरकारलाई काम गर्न नदिने अवस्था आएपछि बाध्य भएर प्रधानमन्त्रीले यस्तो कदम चाल्नु भएको हो,’ नेता नेम्वाङले भने ।

सरकारले घोषणा गरेको निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले सम्मानित सर्वोच्च अदालतले पनि निर्वाचनकै पक्षमा फैसला दिने विश्वास व्यक्त गरेका छन् ।