
विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा नेपालमा असाधारण प्रगति भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको आमसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा, विकास, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालमा असाधारण प्रगति भएको बताएका हुन् ।
‘विकासका लागि तीन वर्ष लामो समय होइन,’ प्रधानमन्त्रीले भने, ‘तर धेरै प्रगति गर्न हामी सफल भएका छौं ।’ प्रधानमन्त्री ओलीले पार्टी सिध्याउन केही नेताहरु फुटको खेतीमा लागेको उल्लेख गरे ।















प्रतिक्रिया