
विराटनगर, ८ फागुन । पूर्वसभामुख एवं नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का नेता सुवासचन्द्र नेम्वाङले विराटनगरमा जारी आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण सूचना सुनाउने बताएका छन् ।
जारी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले अन्य दिनको तुलनामा प्रधानमन्त्रीको मुद्रा आज खुशी र निकै चम्किलो देखिएको भन्दै केही नयाँ कुरा सुनाउने बताएका हुन् ।
‘प्रधानमन्त्रीजी विराटनगर आउनुभयो, उहाँलाई स्वागत गर्न हामी सबै विराटनगर एयरपोर्ट पुगेका थियौं । उहाँ अब केही समयपछि हामीबीच उपस्थित हुँदैहुनुहुन्छ,’ नेम्वाङले भने, ‘एयरपोर्टमा उत्रिएर हामीतिर आउँदै गर्दा सदाझैं उज्यालो अनुहार, आजचै थप तपाईंहामीलाई केही समाचार सुनाउँ सुनाउँ जस्तो अनुहार तर, प्वाक्क भनि चै हाल्नु भएन । मलाई लाग्छ उहाँ यो भव्य जनसभामा उपस्थित भएर तपाईं हामीलाई कुनै सूचना सुनाउन गइराख्नुभएको छ, तर के छ मलाई थाहा छैन ।’
तर, उहाँका भव्य गर्विलो मन्तव्यका साथसाथै कुनै महत्वपूर्ण सूचना सुनाउने विश्वास नेम्वाङको छ ।















प्रतिक्रिया