४ कार्तिक २०८३, बुधबार

पूर्वयुवराज पारस र हिमानी शाहबीच भयो पुनर्मिलन, झापाको मेची क्राउन होटेलबाट दिए यस्तो सन्देश

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । लामो समयदेखि छुट्टाछुट्टै बसोबास गर्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच पुनर्मिलन भएको छ ।

कानूनी र कागजी रुपमा छुट्टाछुट्टै नभए पनि उनीहरुबीच खासै भेटघाट र बातचित नभएको वर्षौ भइसकेको छ । पारस र हिमानीबीच भेट हुने वातावरण नै बन्यो भने पनि उनीहरु यसअघि आपसमा छलिएर हिँड्ने/बस्ने गर्दै आएका थिए ।

तर, शुक्रबार एकाएक पूर्वयुवराज पारस शाह र उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाहसहित पूर्व राजपरिवारका सदस्यहरुको सामूहिक तस्वीर पारस शाहले नै आफ्नो फेसबुक वालमा पोस्ट गरे । सोही तस्वीरले उनीहरुबीचको मिलन भएको प्रष्ट सङ्केत समेत दिएको छ ।

आफ्नी आमा पूर्व वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सवको अवसरमा खिचिएको उक्त तस्वीरमा पारस र हिमानी सँगै उभिएका छन् ।

झापाको धुलाबारीस्थित मेची क्राउन होटेलमा लिइएको उक्त तस्वीर पारस शाहले शुक्रबार राति सार्वजनिक गरेका हुन् । आमा कोमल शाहको ७१औं जन्मोत्सवका अवसरमा पारस र हिमानीसहित भेला भएका पूर्व राजपरिवारका सदस्यहरूको सार्वजनिक तस्वीरमा पूर्वराजा ज्ञानेन्द्र शाह, कोमल, पारस, हिमानी र हृदयेन्द्र शाहलगायत देखिएका छन् । तर, पारसका छोरीहरु पूर्णिका र कृतिका भने देखिएका छैनन् ।

यद्यपि, पारस र हिमानीको मिलनका लागि कोमल शाहले आफ्नो जन्मोत्सवलाई भव्य बनाएको बताइएको छ । स्रोतका अनुसार जन्मोत्सवमा पारसबाहेक राजपरिवारका सदस्य सहभागी हुने बताइएको थियो । तर, कोमलकै तजबीजमा पारसलाई आफ्नो कार्यक्रममा बोलाएर छोरा–बुहारीबीच मिलनको वातावरण बनाएको बताइएको छ ।

कोमलको यो प्रयाश र तस्वीरमा देखिएको सामिप्यताका आधारमा लामो समयदेखि अनायासै टाढिएका पारस र हिमानीको सम्बन्ध पुनः मिलनको बाटोमा लागेको अनुमान धेरैले गरेका छन्, जुन कुरा अत्यन्तै सकारात्मक समेत छ ।

यसअघि केही औपचारिक कार्यक्रमबाहेक पारस र हिमानीको भेट हुन सकिरहेको थिएन । पूर्वयुवराज पारस शाह पोखरातिर बस्दै आएका छन् भने पूर्वयुवराज्ञी हिमानी शाह निर्मल निवासमा छिन् ।