जेरुसेलम, १६ चैत । इजरायलका पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर भएको यहाँका सञ्चारमाध्यमरुले जनाएका छन् ।
इजरायली पूर्व प्रधानमन्त्री इहुद अल्मर्टलाई जेरुसेलमको एक अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको समाचारमा जनाइएको हो ।
उहाँले आपूm प्रधानमन्त्रीको पदमा रहँदा ठूलोमात्रामा रकम स्वीकार गरी भ्रष्टाचार गरेको भनी उहाँमाथि परेको मुद्दामा जेरुसेलमको एक अदालतले सो मुद्दामा उहाँलाई दोषी ठहर गरेको हो ।
जेरुसेलममा रहेको एक अदालतले सो फैसला सोमबार सुनाएको हो । उहाँले सो भ्रष्टाचारको मुद्दा अस्वीकार गर्नुभएको थियो ।
उहाँलाई सो मुद्दामा यसअघि सफाइ नदिइए पनि केही जरिवाना गरेर छोडिएको थियो । तरपछि सोही मुद्दामा गरिएको थप अनुसन्धानका क्रममा उहाँ दोषी पाइएको समाचारमा जनाइएको छ ।
उहाँलाई एकजना अमेरिकी व्यापारीसँग ठूलो रकम घुस लिएको आरोपमा सो मुद्दा लगाइएको थियो । उक्त मुद्दामा उहाँलाई करिब छ वर्ष थुनामा राखिएको थियो ।
उहाँलाई के कति जेल सजाय हुन्छ भन्नेबारेमा भने सुनाइएको छैन । केही समयपछि उहाँको सो सजाय सुनाइने बताइएको छ ।
सञ्चारमाध्यमहरुले उहाँ भ्रष्टाचारमा दोषी ठहर भएको फैसला अदालतले सुनाएको जानकारी दिएका छन् । रासस/एएफपी














प्रतिक्रिया