४ कार्तिक २०८३, बुधबार

शनिबार १४औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न १८ ओटा नागरिक समाजका संघसंस्थाहरुले आज शनिबार १४औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाएका छन ।

शनिबार परेको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा बिहान ८ बजेदेखि ९ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर उनीहरुले दिवस मनाएका हुन ।

संघीयता, लोकतन्त्र, समानुपातिक (समावेशिता धर्म निरपेक्षतामा हाम्रो प्रतिबद्धता, आत्मासम्मान, मानव अधिकार र सामाजिक न्याय सुनिश्चितता भन्ने मुल नाराका साथ मनाइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका लक्षित समुदायको सहभागिता थियोे । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नागरिकलाई सामाजिक न्यायको प्रत्याभूत दिलाउन नसकेको गुनासो गरेका थिए ।

फ्रीडम फर अल नेपाल (फान), सोच नेपाल युथ एड्भोकेसी नेपाल, छुवाछूत विरुद्धको विश्व सञ्जाल, एड्भोकेसी फोरम, निलहिरा समाज, अपाङ्गता महिला संघ नेपाल, ग्लोबल पिस फाउन्डेसन, महिला सुरक्षा दबाब समूह, मुस्लिम महिला कल्याण समाज, आडवान नेपाल, डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल, साइन नेपाल, हर नेपाल अपाङ्गता संगठन नेपाल लागायत १८ वटा संस्थाहरुको संयुक्त सहकार्यमा न्याय दिवस मनाइएको हो ।