४ कार्तिक २०८३, बुधबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्– केपी ओलीका अगाडि अरू सब तमासे नै हुन् !

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि अरु सबै तामासे नै भएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्विट गर्दै डा.भट्टराईले प्रधानमन्त्री ओलीले संविधान, कानून र लोकतन्त्रमाथि प्रहार गरिरहँदा पनि अरु निरीह बनेर बसेकोप्रति आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद्मा मनलाग्दी नियुक्ति र प्रदेश प्रमुख बर्खास्ती तथा नयाँ नियुक्ति गरेको भन्दै डा. भट्टराईले संविधान, कानून र लोकतन्त्रविरूद्ध प्रधानमन्त्री ओलीले ‘खड्ग प्रहार गरेको’ आरोप समेत लगाएका छन् ।

‘खड्गप्रसादले संविधान, कानून र लोकतन्त्रविरूद्ध खड्ग प्रहार गरिरहनेः अरू तमासे बनिरहने ?’, उनले ट्विटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति, प्रदेशप्रमुख बर्खास्त, सचिव र कर्मचारीहरूको पजनी, फाष्टट्र्याक, तल्लो अरूण झ्वाम ! नभुलौं–हिटलर लोभी/कायरकै कॉध चढेर आएको थियो ।’