
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।
प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने दाबी गरिएको छ ।
आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने भएका छन् ।















प्रतिक्रिया