
काठमाडौं, ७ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिवानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा शुरु गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिने छ ।
चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन् । ग्राहकवर्गको सेवा तथा सुविधालाई दृष्टिगत गर्दै बैंकले समय–समयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको बताएको छ ।
बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले सरल सेवा प्रदान गर्ने बताए ।















प्रतिक्रिया