
काठमाडौं, ७ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको गीतमा रमेश कँडेलको स्वर रहेको छ । यो गीतलाई किरण कँडेलले संगीतवद्ध गरेका छन् ।
समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा ध्रुव कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्री पुडासैनीको समेत अभिनय देख्न सकिन्छ ।
भिडियो रामकुमार केसीले छायांकन गरेका हुन् भने दिन्शन शाहले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया