४ कार्तिक २०८३, बुधबार

अवहेलना मुद्दा लागेका ४ पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्चको अनुमति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । अवहेलना मुद्दा लागेका ४ जना पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।