
मन्थली, ७ फागुन । रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर बनेको छ ।
रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको हो । शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
‘सदरमुकाम मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि सालुका विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको अहिले तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको बताइएको छ ।















प्रतिक्रिया