
काठमाडौं, ७ फागुन । राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउने उद्देश्यले ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ ।
यो खाताअन्तर्गत ग्राहकहरुले न्यूनतम रू. ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्ने छन् । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैंकले बताएको छ ।
वर्तमान अवस्थामा कोभिड–१९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ ।
जनमानसमा शेयरप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरी नेपाली शेयर मार्केटको स्तरोन्नतिमा केही हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ वटा शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षि तएवं गुणस्तरीय बैकिङ सुविधा दिदै आइरहेको छ ।















प्रतिक्रिया