४ कार्तिक २०८३, बुधबार

आज भागरथीको शव बुझेर अन्तिम दाहसंस्कार गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ७ फागुन । अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्वीकारेपछि भागरथी भट्टका परिवारले शव बुझ्ने भएका छन् ।

बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए । भागरथीका परिवारले आज शव बुझ्ने बताइएको छ ।

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने बताए ।