
काठमाडौं, ६ फागुन । महालक्ष्मी विकास बैंकले बाल सारथीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न बैंकले आर्थिक सहायता उपलब्ध गराएको हो ।
विद्यालय भवन निर्माणका लागि बैंकले ५ लाख रुपैयाँ प्रदान गरेको बताएको छ । आज बिहीबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दीपाञ्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।















प्रतिक्रिया