
काठमाडौं, ६ फागुन । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।
यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्ने छ । आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’एकदमै प्रभावकारी सावित हुने बैंकको विश्वास छ ।
हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ वटा शाखा कार्यालय र ५१ वटा एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ सुविधा दिँदै आइरहेको छ ।















प्रतिक्रिया