४ कार्तिक २०८३, बुधबार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा छूट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छूट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेकाछन् ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी एवम् डेबिट, क्रेडिट वा प्रिभिलेज कार्डवाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छूट प्राप्त गर्ने छन् ।

आफ्ना ग्राहकको सुविधालाई दृष्टिगत गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकको भनाइ छ ।