
काठमाडौं, ६ फागुन । ‘उपत्यकावासी नेपाली जनता’ले राजसंस्था र हिन्दूराष्ट्र नेपाल पूनःस्थापनाका लागि यही फागुन ८ गते बिहान ११ बजे माइतीघर मण्डलामा ‘विशाल जनप्रदर्शन’ गर्ने भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको हो । उक्त कार्यक्रममा शिवसेना नेपालका सह–अध्यक्ष दिनेश कँडेल, पुनःउत्थानवादी शक्तिका अध्यक्ष शेखरजङ्ग रायमाझी, शिव सेना नेपालकी सचिव सिर्जना वाग्ले, शिवसेना नेपाल मजदुर विभाग अध्यक्ष मनोज सापकोटा, हिन्दू अभियन्ता चिरण वीर प्रताप खड्का, गुरु श्रीनिवास आचार्य लगायतले फागुन ८ गते गरिने जनप्रदर्शनको बारेमा जानकारी दिएका हुन् ।
जनप्रदर्शन किन ?
जनप्रदर्शन किन ? यो आम जनसमुदायको साझा प्रश्न हो । आन्दोलनबाट आजित थकित र थिलोथिलो भएको नेपाली समाज अर्काे आन्दोलन थेग्न तयार छैन, यो आम विश्लेशण हो ।
आज एकातर्फ आन्दोलन नेपाली समाजको आवश्यकता होइन भन्ने बलियो मत छ भने अर्काे तर्फ सत्ता दलकै एउटा चोइटो, प्रतिपक्षीदलहरु र नागरिक समाजको नाममा संगठित डफ्फा आन्दोलनकै मोेर्चामा छ । उद्धेश्य फरक छ र उनीहरुसबै सडकमा छन, एउटै स्वर संविधान जोगाउने । मृत भैसकेको संविधान जोगाउनुको अभिष्ट के ? उनीहरुसंग जवाफ छैन ।
नेकपा प्रचण्ड–माधव टुक्राको आन्दोलन ओलीलाई हटाउने, संसद पुनस्थापना गर्ने किनभन्दा प्रचण्डलाई प्र.म. वनाउन । प्रचण्ड-माधवलाई प्रम बनाउन हामीले आन्दोलन गरिदिनुपर्ने ? जनता को समस्या कहाँ छन भन्दा आन्दोलनको कुनैपनि प्रसङ्गमा छैन । काग्र्रेसको आन्दोलन पनि त्यस्तै छ, त्यहाँ पनि जनताको कुरा छैन । अन्य दलहरु राजपा लगायतकोआन्दोलनमा पनि जनताकोसमस्या प्राथमिकतामा छैन ।
नागरिक समाजको आल्दोलन प्रतिगमन विरुद्ध भनिएको छ त्यहाँपनि जनताका समस्या आन्दोलनको मुद्धा वन्न सकेको छैन । यस परिप्रेक्षमा जनताको मुद्धा उठाईदिने कसले त ? यो प्रण हामीले गरेका छौ । यस परिपैक्षमा जनताको आवाज उठाईदिन हामीले शान्तिपूर्ण जनप्रदर्शनको आव्हान गरेका छौ । यो जनप्रदर्शन जनताले जनताको लागि र जनताले नै गर्ने आन्दोलन हो । यसमा दलछैन, दलगत राजनीतिछैन, को. प्र.म. भन्ने प्रश्न छैन ।
पत्र–पत्रिका, सभा–सम्मेलन, लगायत विभन्न माध्यमबाट जनताको आवज, रड्कले के वोलिरहेको छ भन्ने कुरा दम्मग्रस्त राजनीतिइबाट सुनुवार्य नभएपछि वाध्य भएर जनता सड्कमा आउनु परेको हो । विगतमा दम्भी शासकले कुरा नसुन्दा गुठीआन्दोलनको नाममा भएको एकदिने आन्दोलनले शासकलाई जनताको आवाज, सुन्न वाध्ये पारेको अनुभव हामीसंग छ ।
अब हुने आन्दोलन पनि त्यही दम्भी शासकलाई झुकाई २०६३ को आम सहमतिको विन्दुमा पु¥याई जनभावनाको संम्वोधन गराउने तर्फ लक्षित छ । यो जनप्रदर्शन प्रमुख त जनताको जित हुन्छ त्यस्तै दलहरुपनि जितका भागिदार हुन्छन् र पाखा लगाईएको परम्परागत शक्तिले पनि स्थान पाँउछ । देशभित्र शक्ति सन्तुलन कायम हुन्छ र देश स्थिरता तर्फ अघि बढ्दछ भन्ने हाम्रो मान्यता छ ।
तसर्थ मिति २०७७ साल फाल्गुन ८ गते हुने हिन्दु अधिराज्य स्थापना को लागि हुने साङकेतिक जनप्रदर्शनमा सम्वद्ध पक्ष, राजनैतिक दल, नागरिक समाज, प्रेस जगत, विभिन्न पेसाव्रmमीहरु, श्रमिक मजदुर लगाएत आम नेपाली नागरिकहरुको सव्रिmय सहभागिता, सहित सहयोग र समर्थनको अपेक्षा गर्दछौं । साथै संचार जगतको पुर्ण सहयोगको अपक्षा सहित समाचार सप्रेशन गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।
आयोजक
उपत्कावासी नेपालाी जनता















प्रतिक्रिया