
बाँके, ६ फागुन । जंगली जनावर निल गाई मारेको अभियोगमा प्रहरीले बाँकेमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको डुडुवा गाउँपालिका–२ बाट प्रहरीले आज बिहान २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ छन् ।
जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
हाल फरार रहेका अर्का एक जनाको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया