
मोरङ, ६ फागुन । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट बेलबारी नगरपालिका–११ का ४३ वर्षीय प्रकाश बस्नेतलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट १४ एम्पुल लुपिजेसिक, १४ एम्पुल डाईजापाम, १४ एम्पुल एभिल र १४ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त परिमाणको लागूऔषधसहित बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया