४ कार्तिक २०८३, बुधबार

ललितपुरमा विद्यालय भवन निर्माणमा खटिएका मजदुरद्वारा १३ वर्षीया बालिका बलात्कृत

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ फागुन । ललितपुरस्थि एक विद्यालय भवन निर्माणको काममा खटिएका मजदुरले यहाँको एक १३ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

ललितपुरको महांकाल गाउँपालिका–४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माण कार्यमा खटिएका पर्सा पोखरिया नगरपालिका–८ का २१ वर्षीय राजकुमार ठाकुरले कालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले ठाकुलाई आज बिहीबार पक्राउ गरेको छ ।

ठाकुरले ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान बलात्कार गरेको खुल्न आएको ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमले जनाएको छ ।