
काठमाडौं, ६ फागुन । फेसबुकले अस्ट्रेलियामा समाचार सामग्री सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको छ ।
अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र सेयर गर्नमा रोक लगाउने घोषणा गरेको हो ।
केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामग्री सेयर गर्न नमिल्ने बनाइसकिएको बताएका छन् ।
बीबीसीका अनुसार प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री सेयर गरेबापत शुल्क तिर्न बाध्य पार्ने छ ।
यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो ।
तर, बुधबार भने उसले विश्वकै सबैभन्दा ठूलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ ।















प्रतिक्रिया