मुम्बई । बलिउड अभिनेता सन्दीप नहारले आत्महत्या गरेका छन् । सोमबार दिउँसो मुम्बईस्थित निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
नहारले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिक फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’मा सुशान्तसिंह राजपुतसँगै अभिनय गरेका थिए । पछिल्लो समय उनले अक्षय कुमारको ‘केसरी’ फिल्ममा पनि अभिनय गरेका थिए ।
आत्महत्या गर्नुअघि उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले आफ्नो वैवाहिक सम्बन्ध निकै तनावपूर्ण रहेको उल्लेख गरेका थिए ।
बलिउडको राजनीतिले पनि आफ्नो जीवनलाई नर्कजस्तो बनाएकाले खुसीसाथ जीवन अन्त्य गर्न लागेको उनले फेसबुकमा लेखेका थिए ।
यसअघि गत जुनमा राजपुतले पनि आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि बलिउडमा तरंग आएको थियो ।
केही बलिउडकर्मीले राजपुत बलिउडको नातावाद र परिवारवादको सिकार भएको बताएका थिए । प्रहरीले उनलाई आत्महत्या गर्न दुरूत्साहन गरेकोमा पूर्वप्रेमिकासहित केहीलाई हिरासतमा लिएको थियो । एजेन्सी















प्रतिक्रिया