४ कार्तिक २०८३, बुधबार

नयाँ दिल्लीस्थित पार्कमा झुण्डिएको अवस्थामा भेटिए दिपेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

मृतक युवकको नाम दिपेश थापा भनिए पनि उनको नेपालस्थित ठेगाना खुलाइएको छैन । २४ वर्षीय थापाले चिराग दिल्लीमा मःमः बेच्ने काम गर्दै आएका थिए ।

तर बुधबार अकस्मात उनको शव पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा परेको हो ।

उनी मंगलबार साँझसम्म आफ्ना साथीहरुको सम्पर्कमै रहेको बताइएको छ ।