३० आश्विन २०८३, शुक्रबार

अब सामुदायिक वनले युवालाई रोजगारी दिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidesi Rojgarभीमदत्तनगर, १६ चैत । देशका कतिपय स्थानमा राष्ट्रिय वन समुदायलाई हस्तान्तरण गरेपछि वन नै सखाप भएका खबर आइरहेका बेला कञ्चनपुरको ग्वासी सामुदायिक वन भने समाजमा रचनात्मक काम गरेकै कारण चर्चामा छ ।

कञ्चनपुरको कृष्णपुर गाविस-३ मा रहेको ग्वासी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता सदस्यलाई लामो समयदेखि रोजगारीका लागि विदेशिन सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ ।

सामुदायिक वनका उपभोक्तालाई रोजगारीका लागि दुवई, मलेसिया, साउदी, कोरियालगायतका देशमा जान लगानी गर्दै आइरहेको छ । विसं २०६० देखि सामुदायिक घोषणा भएको ग्वासी सामुदायिक वनले हालसम्म ३९ जना युवा/युवतीलाई रोजगारीका लागि ऋण उपलब्ध गरिसकेको सामुदायिक वनका अध्यक्ष खेमराज पाण्डेयले बताउनुभयो ।

“छ बर्षदेखि हामीले वेरोजगार युवालाई रोजगारीमा जान ऋण दिँदै आएका छौँ ।” अध्यक्ष पाण्डेयले भन्नुभयो–“गाउँका युवा सामुदायिक वनको सहयोगले विदेश जाने क्रम बढेको छ ।”

उपभोक्तालाई वनले रु ५० हजारदेखि एक लाख १० हजारसम्म ऋण दिने गरेको अध्यक्ष पाण्डेयले बताउनुभयो । “तीन महिनामा ऋण फिर्ता गरे ब्याज लिदैनौँ ।” उहाँले भन्नुभयो–“तीन महिनासम्म नतिरे एक प्रतिशतका दरले ब्याज लिन्छौँ ।”

वनबाट ऋण लिने र बुझाउने क्रम चलिरहेको उहाँको भनाइ छ । उक्त सामुदायिक वनमा ७२० उपभोक्ता आबद्ध छन् । रासस