काठमाडौं, ५ फागुन । ओपोले नेपालमा ए सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए१५एस ले प्रयोगकर्तालाई बिना कुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखि ओपो ए१५एस मा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ ।
फोन बोक्दा हत्केलामा सजताको अनुभव दिने पातलो र स्लिक स्टाईलिश लुक्सका साथै दृश्यावलोकनमा आरामदायिता प्रदान गर्ने सोचका साथ फोनमा ६.५२ ईञ्च स्क्रिनको प्रयोग गरिएको छ । अतिरिक्त मिहेनत विनै क्लियर शट्स लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।
‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसंग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणका रुपमा ओपो ए१५एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’















प्रतिक्रिया