२ कार्तिक २०८३, सोमबार

नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ फागुन । नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलमा जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन खेलाडी जोकोविचले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

शीर्ष बरियताका जोकोविचले छैटौँ बरियताका स्वेरेभमाथि संघर्षपूर्ण जित निकालेका हुन् । उनले स्वेरेभलाई ६–७ ९६–८०, ६–२, ६–४ र ७–६ ९८–६० को सेटमा पराजित गरेका हुन् ।

सेमिफाइनलमा जोकोविचले छनौट चरण पार गरेर पहिलो पटक ग्राण्डसलामको अन्तिम चारमा आएका रुसी खेलाडी एल्लान कारात्सेभसँग प्रतिस्पर्धा गर्ने छन् । उनले ग्रिगोर दिमित्रोभलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।