न्युयोर्क, ५ फागुन । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने बताइएको छ ।
टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ ।
बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन् । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ ।
केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् । चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो ।















प्रतिक्रिया