
काठमाडौं, ४ फागुन । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित चितवनको महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुरमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।
एनएमबि बैंकको वागमती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वमा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुरका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गाराम पूरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन एनएमबि बैंक, नारायणगढ, लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले गरेका थिए ।
कार्यक्रममा महानगर फलफूल तथा थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिरप्रसाद धितालले प्रमुख आतिथ्यता गर्दै मन्तव्य व्यक्त गरेका थिए । यस्तै प्रदेश प्रमुख गणेश पराजुलीले धिताललाई क्युआर कोड हस्तान्तरण गरेका छन् ।
सो कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको बताएको छ ।















प्रतिक्रिया