४ कार्तिक २०८३, बुधबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त भएका छन् ।

कम्पनीको नव निर्वाचित सञ्चालकहरुको हिजो सोमबार बसेको बैठकले सञ्चालक शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदको जिम्मेवारी दिएको हो ।

सोमबार नै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो ।

साधारणसभा सम्पन्न भएलगत्तै बसेको पहिलो बैठकले आगामी ४ वर्षका लागि शर्मालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

उक्त पदको जिम्मेवारी प्रदानसँगै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नवनियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।