४ कार्तिक २०८३, बुधबार

‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीका लागि एसबी सोलुसन र डीजी हबबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीका लागि एसबी सोलुसन प्राइभेट लिमिटेड र डीजी हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

लगानी र सहकार्यका लागी एसबी सोलुसन तथा डीजी हबबीच सम्झौता भएको हो । कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डीजीटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पूरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डीजी हबका प्रबन्ध निर्देशकबीचमा सम्झौता भएको हो ।

लेन्डिङ क्षेत्रमा डीजीटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डीजी हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।

क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ ।

डीजी हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डीजी हबले डीजीटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।