
काठमाडौं, ४ फागुन । पर्सा र खोटाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले उपलब्ध गराएको घटना विवरणअनुसार पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ गुलरियास्थित सडकमा ना. ३२ प १६३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिएर मंगलबार बिहान दुर्घटना हुँदा वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्ता बस्ने ३२ वर्षीय जय प्रकाश पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङगास्थित सडकमा को. २ त ८५७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटेहाङ गाउँपालिका–१ बस्ने १९ वर्षीय सञ्जिब खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते भएका ट्याक्टरका सहचालक साकेला गाउँपालिका–५ मातिम बस्ने १८ वर्षीय रुपेश राईलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।















प्रतिक्रिया