४ कार्तिक २०८३, बुधबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ फागुन । झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

६० वर्षीया फिल्सिता उराउको हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका–७ बुथकरण चिया बगानको क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिवाद भई झगडा हुँदा सोही चिया बगानमा काम गर्ने साहेबाले ढुङ्गाले प्रहार गर्दा उनको श्रीमतीको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।