४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : पौडेल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काँशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् । आज मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता पौडेलले आफैले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने ओलीविरुद्ध सम्पूर्ण शक्ति एक भएर आन्दालन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

‘हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो, र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ’, पौडेलले भने, ‘यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ ।’ प्रधानमन्त्रीलाई कतै पनि संविधानमा त्यो अधिकार नदिइएको उनको जिकिर छ ।