
काठमाडौँ, ४ फागुन । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाली बजारमा सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भन्दा मंगलबार तोलमा रु २०० ले मूल्य वृद्धि भएको हो ।
त्यस्तै, तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ ।
सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया